Breaking News
स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन

आरएन पटेल,राैतहट,साउन २१ गते।
स्वास्थ्य क्षेत्रमा कार्यबाहक मेयर ख़ातूनको एक सशक्त पाइला अगाडी बढेको देखिएको छ। स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान गर्दै नगरबासिहरुको लागि फतुवा बिजयपुर नगरपालिका–११, हिमालीबासमा नयाँ स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ। एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको समुद्घाटन कार्यक्रम बुधवार कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले गरेकी छिन ।

नगरपालिकाको ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो स्वास्थ्य केन्द्रमा २६ लाख रुपैयाँको थप नयाँ भवन पनि तयार भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मेडिकल सामग्रीहरू पनि ९ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको छ । केन्द्रमा हाल भेन्टिलेटर २ थान, नेबुलाईजर २ थान, एक्सरे फोटो मेसिन १ थान, बेड ६ वटा र ट्रली बेड १ थान लगायतका अन्य सामानहरू उपलब्ध छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक प्रमोद प्रसाद गुप्ता, सह–संयोजक रमेश प्रसाद यादव, शिक्षा संयोजक सुबोध प्रसाद यादव, हिमालीबास माविका प्रधानाध्यापक बुनिलाल यादव, उपभोक्ता समिति अध्यक्ष अच्युत मैनाली, अहेव कर्मचारी परमेश्वर यादव लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै भनिन्, “नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै हामी गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन चाहन्छौं।” उनले आगामी दिनमा थप सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने, “नगरपालिकाको समग्र विकासमा स्वास्थ्य एक महत्वपूर्ण आधार हो । अहिलेको पहलले गाउँमा उपचारको पहुँच सहज बनाउनेछ ।”
उपस्थित वक्ताहरूले खातुनको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भइरहेको सुधारात्मक कामको प्रशंसा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश सांसद प्रत्यासी शेख सेराजले आम नागरिककाे स्वास्थ्यलाई मध्यनजर गरि नगरपालिका बाट भएको कामकाे सराहना गरे । अगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने सुझाव दिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*