Breaking News
नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

नगरबासीको कार्यमा कार्यवाहक नगर प्रमुख खातुन अग्रसर, नागरिकद्वारा अभिनन्दन तथा सम्मान

राैतहट,२१ गते साउन ।
फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई आम नागरिकहरूले सम्मान पत्र प्रदान गरेका छन् । यस नगरपालिकाका नागरिकहरूले समाजसेवी अच्युत मैनालीको नेतृत्वमा उक्त अभिनन्दन समारोह आयोजना गरेका थिए । फतुवा बिजयपुर ११ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र समुदघाटनकाे अवसरमा साे नागरिक अभिनन्दन गरिएको हाे ।
कार्यवाहक नगर प्रमुख खातुनको नेतृत्वमा नगरपालिकामा पाँच वटा स्वास्थ्य क्षेत्रका भौतिक संरचनाहरूलाई सुधार गरी ती क्षेत्रहरूलाई ठोस र उपयोगी बनाइने काममा सफलता प्राप्त भएको छ । यो कार्य नगरपालिकाका नागरिकहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने दिशा थियो, जसको कदर गर्दै उनले यो सम्मान प्राप्त गरेकी छिन् ।
सम्मान पत्रमा नगरपालिकाका नागरिकहरूको तर्फबाट “श्री अम्बेया खातुनलाई स-सम्मान अभिनन्दन गरिएको छ।” उल्लेख गरिएको छ र अगामी दिनहरूमा पनि नगरपालिकाका अन्य क्षेत्रमा यस्तै सुधारात्मक पहल र गुणस्तरीय कामको अपेक्षा गरिएको छ ।
सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली,प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव,प्रदेश सांसद प्रत्यासी शेख सेराज,शिक्षा संयाेजक सुबाेध प्रसाद यादव,पूर्व वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य उमाशंकर साह कलवार,परमेश्वर यादव र अन्य स्थानीय नागरिकहरू उपस्थित थिए । कार्यवाहक नगर प्रमुख  अमबेया खातुनले, “यो सम्मान मैले मात्र प्राप्त गरेको होइन, यो नगरपालिकाका सबै नागरिकहरूको साझा सफलता हो,” भनिन् ।
समारोहको दौरान नागरिकहरूले नगरपालिकाको अन्य क्षेत्रहरूमा पनि सुधार र विकासका लागि कार्यवाहक प्रमुखको निरन्तर पहलको अपेक्षासमेत व्यक्त गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*