आरएन पटेल
रौतहट,साउन २१ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको हाकिम कदर पत्रले सम्मानित भएका छन। नगरपालिकाको वडा नं. ११ हिमालीबासमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन कार्यक्रममा पालिकाको प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै कार्यवाहक नगर प्रमुख अम्बेया खातूनले कदर पत्रले सम्मानित गरेको हो।
नगरपालिकाको वडा नं. ११ हिमालीबासमा बितेको आर्थिक वर्ष २०८१/०८२ नगर स्तरीय योजनाबाट एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन कार्यक्रममा हाकिम यादवलाई सम्मान गरिएको हो ।
नगरबासीहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य सहित गरिएको उक्त भवन निर्माण तथा समुद्घाटन कार्यक्रममा उहाँले खेलेको भूमिकाको उच्च सम्मान सहित कदर गर्दै उनलाई यो कदर पत्र प्रदान गरिएको नगर प्रमुख खातूनले बताएकी छिन ।
कदर पत्रमा नगरपालिकाको नागरिकहरूको तर्फबाट तथा कार्यबाहक नगर प्रमुख ख़ातूनको तर्फबाट “श्री भरत प्रसाद यादव प्रमुख प्रसाशकीय अधिकृतलाई स-सम्मान अभिनन्दन सहित कदर पत्र प्रदान गरिएको छ।” उल्लेख गरिएको छ र अगामी दिनहरूमा पनि नगरपालिकाका अन्य क्षेत्रमा यस्तै सुधारात्मक पहल र गुणस्तरीय कामको अपेक्षा गरिएको छ ।
सम्मान समारोहमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातून, प्रमुख समाजसेवी तथा उ. स. अध्यक्ष अच्युत मैनाली,प्रदेश सांसद प्रत्यासी शेख सेराज,शिक्षा संयाेजक सुबाेध प्रसाद यादव,पूर्व वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य उमाशंकर साह कलवार,परमेश्वर यादव र अन्य स्थानीय नागरिकहरू उपस्थित थिए ।
कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासकीय अधिकारी, स्वास्थ्यकर्मी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको केन्द्रका कर्मचारी परमेश्वर यादवले जानकारी गराएका हुन् ।
Sthaniya News
