Breaking News
अवरोधबीच पनि अघि बढ्दै वृन्दावन – मेयर कुर्मीको सक्रियतामा निरन्तर विकास

अवरोधबीच पनि अघि बढ्दै वृन्दावन – मेयर कुर्मीको सक्रियतामा निरन्तर विकास

आरएन पटेल, रौतहट, भदौ ६ गते।
रौतहटको वृन्दावन नगरपालिकामा भइरहेको विभिन्न अवरोधका बीच पनि मेयर बिनोद प्रसाद कुर्मीको सक्रियतामा निरन्तर विकास निर्माणको कार्य अघि बढिरहेको देखिएको छ।
वृन्दावन नगरपालिकाका मेयर कुर्मीले हालै बतहु माध्यमिक विद्यालयको ग्राउण्ड फ्लोर स्ल्याब ढलान कार्य स्थलमै पुगेर प्रत्यक्ष निरीक्षण गर्नुभएको छ । मजदुर र प्राविधिक टोली ढलानमा संलग्न रहेका बेला मेयर कुर्मी सुरक्षात्मक पोशाकमा उपस्थित भई कामको गुणस्तर, प्रगति र सुरक्षाबारे आवश्यक निर्देशन दिएका हुन । विद्यालय भवनको यो चरण सम्पन्न हुनु शिक्षाको पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

तर, नगर विकासको यात्रामा अनेक अवरोध र विपक्षीहरूको निरन्तर बाधा रहेका छन। बजेट अवरोध, राजनीतिक आलोचना र अफवाहबीच पनि मेयर कुर्मीले विकासलाई रोक्न नदिई निरन्तर अगाडि बढाइएको बताएका छन।
जनताको लागि सुरु भएको काम बीचमै रोकिँदैन।
विद्यालय मात्र नभई सडक, पुल, खानेपानी, स्वास्थ्य चौकी, कृषि सिंचाइ, सरसफाइ, खेलमैदान जस्ता पूर्वाधार योजनामा देखिएको गति मैले गरेको प्रतिबद्धताको प्रत्यक्ष नतिजा रहेको मेयर कुर्मीले दाबी गरेका छन।
विकासको बाटोमा अवरोध आए पनि वृन्दावन नपा अघि बढने दृढ संकल्पले नगरवासीलाई भविष्यप्रति आशावादी बनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*