Breaking News
बृन्दावन स्वास्थ्य चौकीको तालाबन्दी खोल्ने मेयर विनोद कुर्मीको प्रतिबद्धता

बृन्दावन स्वास्थ्य चौकीको तालाबन्दी खोल्ने मेयर विनोद कुर्मीको प्रतिबद्धता

रमेश कुमार यादब, रौतहट,भदौं ११ गते।

बृन्दावन स्वास्थ्य चौकीमा झण्डै १५ दिनदेखिको तालाबन्दी अन्त्य हुने भएको छ। झण्डै दुई सातादेखि तालाबन्दीमा परेर अवरुद्ध भएको बृन्दावन स्वास्थ्य चौकीमा अब छिट्टै स्वास्थ्य सेवा संचालन हुने भएको छ । रौतहटको बृन्दावन नगरपालिका–३ रामपुर टोलस्थित स्वास्थ्य चौकीमा गत साउन २५ गते स्थानीयवासीहरूले औषधि अभाव भएको भन्दै तालाबन्दी गरेका थिए । पर्याप्त स्वास्थ्यकर्मी भए पनि आधारभूत औषधि नपाएको कारण देखाउँदै स्थानीय युवा नेता लखिन्द्र पटेलको नेतृत्वमा सयौँ महिला–पुरुष तथा भद्रभलाद्मीहरूको उपस्थितिमा तालाबन्दी गरिएको थियो ।
तालाबन्दी गरिएको अवस्थामा स्थानीय जनता सामान्य उपचारदेखि मातृत्व सेवा तथा आपत्कालीन स्वास्थ्य उपचार सुविधा बिना कष्ट भोगिरहेका थिए । लगातार १५ दिनसम्म तालाबन्दी नखुल्दा दैनिक उपचारका लागि स्वास्थ्य चौकीमा भर पर्ने गरिब तथा विपन्न वर्गका नागरिक सबैभन्दा बढी प्रभावित भएका थिए ।
१५ दिनसम्म स्वास्थ्य सेवा ठप्प हुँदा आम नागरिकलाई उपचार सुविधा नपाई ठूलो समस्या भोग्नुपरेको छ । नगरवासीका गुनासोहरू बढ्दै गएको अवस्थामा नगर प्रमुख बिनोद प्रसाद कुर्मी स्वयं सक्रिय भएर अगाडि आएपछि स्वास्थ्य चौकी छिट्टै पुनः सञ्चालन हुने संकेत देखाईएको हो ।
नगर प्रमुख कुर्मीले पत्रकारसँग कुरा गर्दै, “करिब दुई हप्तादेखि जनताले पाउनु पर्ने सेवाबाट वञ्चित हुनु दुखद विषय हो ।
“सर्वप्रथम समस्या देखिँदा जानकारी गराउने, ज्ञापन पत्र बुझाउने वा आधिकारिक रूपमा उजुरी गर्ने परम्परा अवलम्बन गर्नु पथ्र्यो । तर केहि अराजक तत्वहरुले आफनो निजि स्वार्थको लाभमा स्वास्थ्यसंग सम्बन्ध राख्ने संम्बेदनशिल जस्तो स्वास्थ्य चौकीलाई बिना सूचना तालाबन्दी गर्नु अत्यन्तै खेदजनक छ,” भन्दै आपत्ति जनाए ।
नगरप्रमुख कुर्मीले थपे कि विगतका जनप्रतिनिधिहरूले भ्रष्टाचार र जनतालाई दुःख दिने काम बाहेक केही नगरेको तीतो अनुभव जनताले पाएको आरोप लगाउँदै आफ्नो कार्यकालमा भने सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र विकासका कामलाई द्रुत गतिमा अघि बढाउने अभियान निरन्तर जारी रहेको स्पष्ट पारे । निर्वाचित भएदेखि नै हाम्रो टिमले नगरको प्रत्येक कुना कप्चामा बिकासको लहर ल्याएका कुरा केहि बिकास बिरोधिहरुलाई देखिने नभएको भन्दै हामिलाई असफल बनाउने कार्यमा लिन भएको बताउनु भयो । तर त्यस्ता बिकास बिरोधिबाट आफु र आफ्नो टिमलाई कुनै प्रकारको फरक नपर्ने बताए । जनताले हामिलाई जुन बिश्वासले मत दिएर जिताएका छन । त्यहि बिश्वासले जनताको हकहितमा काम गरेर देखाईरहेका छौ नगर प्रमुख कुर्मिले भने । तर उक्त वार्डबाट निर्वाचित वडाअध्यक्ष हरिनरायण साहले यति दिनसम्म बन्द रहेको स्वास्थ्य चौकीलाई खुलाई सेवा प्रवाहमा कुनै तादरुक्ता नदेखाएकोमा वहाँ प्रति आपति जनाउनु भयो । साथै यस बिषयमा पालिकामा कुनै प्रकारका कुराकानी समेत नगरेकोमा वडाअध्यक्ष साहकोे पनि त सम्लग्नता रहेको भनि आशंका उब्जिएको छ । तर जे होस हामि जनताको पक्षमा सधैं रहेको छौ र जनताको हकहितको लागी सधै अगाडी उभिने छौ ।
स्वास्थ्य सेवा भनेको जनताको मौलिक हक हो, यसमा कुनै सम्झौता हुने छैन ।”कुर्मीले तत्काल औषधि आपूर्ति गर्ने र दक्ष चिकित्सक नियुक्त गरेर स्वास्थ्य चौकीलाई थप सक्षम र प्रभावकारी बनाउने घोषणा पनि गरे । उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अराजक शैलीमा तालाबन्दी गर्ने कार्यलाई ‘विकास विरोधी र निजि स्वार्थमा लिप्त’ कदमको संज्ञा दिँदै भत्र्सना गरे ।
यसैबीच, बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलसंग कुरा गर्दा वहाँले पनि तालाबन्दी चाडैं खोलिने बताउनु भयो । अधिकृत भुजेलले भने कुनै कुरा गर्दा पहिला जानकारी गराउनु पर्ने थियो तर त्यसो नगर्दा एकैचोटी स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने संस्था जस्तो संम्बेदनशिलमा तालाबन्दी गर्नु आपतिजनक रहेको बताउनु भयो । यसमा यस्तो अवस्था हुनुमा सबभन्दा बढि जिम्मेवार वडाअध्यक्ष तथा उक्त बर्थिङ्ग सेन्टरका ब्यवस्थापन समितका अध्यक्ष रहेका हरिनरायण साहको कमजोरी रहेको बताउनु भयो । तर यस भित्र संचालन रहेको बर्थिङ्ग सेन्टर सबैको सबैको साथ–सहयोग आवश्यक रहेको बताए । उनले विशेषगरी मातृत्व सेवा र बर्थिङ सेन्टर सञ्चालनका लागि नगरपालिकामात्र नभई स्थानीयवासीको सहकार्य पनि अपरिहार्य रहेको बताए । उनले स्वास्थ्यकर्मीको सक्रियता र जनताको सहयोग बिना यो सेवा प्रभावकारी बनाउन नसकिने भन्दै सबैलाई हातेमालो गर्न आग्रह गरे ।।
नगर प्रमुख कुर्मीको प्रतिबद्धता र पहलसँगै अब चाँडै स्वास्थ्य चौकी पुनः सञ्चालन हुने भएको छ । यसले लामो समयदेखि उपचार सेवा बिना दुःख पाएका स्थानीयवासीमा फेरि आशा जागेको छ । अब निकट भविष्यमै स्वास्थ्य चौकीमा औषधि आपूर्ति, दक्ष स्वास्थ्यकर्मी नियुक्ति र मातृत्व सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । यससँगै लामो समयदेखि उपचार सुविधाबाट वञ्चित रहँदै आएका बृन्दावन–३ का स्थानीयवासीले अब स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास लिएका छन् । बृन्दावन नगरपालिकाको सक्रियताले तालाबन्दी अन्त्य भई स्वास्थ्य चौकी पुनः सञ्चालन हुने भएपछि जनतामा राहत र खुशीको माहोल देखिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*