गौर,रौतहट, चन्दन कुमार महतो, भदौ २३ गते।
काठमाडौंमा जेनजी युवाहरूको आन्दोलनका क्रममा १६ जना युवाको मृत्यु भएको आरोप लगाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला समितिले आज सदरमुकाम गौरस्थित मधेशी क्रान्ति बी.पी. चौकमा टायर बालेर विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा जसपाका नेताहरूले केपी शर्मा ओली नेतृत्वको सरकारले युवाहरूको मृत्युमा पूर्ण जिम्मेवारी लिनु पर्ने माग गरेका छन्। उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दबाब दिएका छन्।

सो अवसरमा सहभागीहरूले केपी ओली निकम्मा सरकार मुर्दावाद , “प्रधानमन्त्री राजीनामा देऊ! गृहमन्त्री राजीनामा देऊ!” जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
Sthaniya News
