Breaking News
गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

आरएन पटेल,राैतहट,भदौ २४ गते । 
गरुडा-मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी, महंगाई तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ ।

यसै आक्रोशको प्रतिविम्ब स्वरूप रौतहटको गरुडा बजारमा जेन जी (जेनेरेसन जेड) युवाहरूले आक्रामक विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार बिहानै श्री नमूना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरुले विभिन्न नाराबाजी गर्दै विद्यालय परिसरबाट रैली सुरु गरि इलाका प्रहरी कार्यालय हुदै मेथुर चौकसम्म बजार परिक्रमा गरेका थिए।
प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विद्यार्थीहरूमा आक्राेेश देखिएपनि प्रदर्शन भने शान्तिपूर्ण रूपमा नै गरेका छन् । अहिलेको सरकारको रवैयाले मुलुकलाई जुन दिशातर्फ धकेलिरहेको छ । त्यो गम्भीर चिन्ताको विषय बनिसकेको छ ।
गरुडाका स्थानीय यूवा नेता नगर प्रमुख प्रत्यासी बृज किशोर यादवले जेन जीकाे माग जायज रहेकोले यसमा आफनाे समर्थन रहने बताएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*