Breaking News
फतुवा विजयपुरमा अख्तियारी हस्तान्तरण, आन्दोलनरत शिक्षक र कर्मचारीको तलब भत्ता वितरण प्रक्रिया अघि बढ्दै

फतुवा विजयपुरमा अख्तियारी हस्तान्तरण, आन्दोलनरत शिक्षक र कर्मचारीको तलब भत्ता वितरण प्रक्रिया अघि बढ्दै

आरएन पटेल, राैतहट, असोज २७ गते।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा लामो समयदेखि तलब भत्ता नपाएका आन्दोलनरत शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीहरूको समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ।
सोमबार एक औपचारिक समारोहबीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकाका लेखा प्रमुख कामेश्वर सहनीलाई आर्थिक अख्तियारी हस्तान्तरण गरेकी छन्। फाइल हस्तान्तरणको यो प्रक्रिया शिक्षक आन्दोलनका अगुवा सुबोध प्रसाद यादवकाे रोहबरमा सम्पन्न भएको हो।

सो अवसरमा कार्यवाहक नगरप्रमुख खातुनले प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई निर्देशन दिँदै तिहार, दीपावली र छठ जस्ता चाडपर्व अघि नै सबै आन्दोलनरत कर्मचारीहरूलाई तलब भत्ता वितरण गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेकी छन्।
यसै असोज २४ गतेदेखि तलब भत्ताको मागसहित आन्दोलनमा रहेका शिक्षक र कर्मचारीहरूका मागप्रति नगरपालिकाले देखाएको तत्परताले समाधानको संकेत दिएको जनाइएको छ। नगरपालिकाले आवश्यक कागजी प्रक्रिया सुरु गरेसँगै अब शिक्षक तथा कर्मचारीहरूकाे तलब भत्ता वितरणको बाटो खुलेको छ।

शिक्षक आन्दोलनका अगुवा सुबोध प्रसाद यादवले कार्यवाहक नगरप्रमुख खातुनको निर्णयप्रति धन्यवाद ज्ञापन गर्दै भने, “नगरपालिकाले समयमै पहल गरेको यो निर्णयले शिक्षक र कर्मचारीहरूलाई राहत दिलाउनेछ। तिहारको बेला सबैलाई तलब भत्ता प्राप्त हुने सम्भावना बनेको छ।”
यो निर्णयपछि फतुवा विजयपुर नगरपालिकामा चाडपर्व शान्तिपूर्ण र खुसीपूर्वक मनाइने जनअपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*