रौतहट, कार्तिक ०५ गते ।
रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ।

उहाँ आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि गम्भीर अवस्थामा रहेका यादवलाई तुरुन्तै स्थानीयहरूले उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएका थिए, तर चिकित्सकले उनलाई ४:३० बजे मृत घोषित गरेका थिए।
स्वर्गीय यादव स्थानीय राजनीतिमा सक्रिय, समाजसेवी तथा सबैको सहयोगी स्वभावका व्यक्तित्वका रूपमा परिचित रहेका थिए। हाल यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ।

Sthaniya News
