Breaking News
बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु

बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु

दिपेन्द्र जयसवाल, बारा, कार्तिक २४ गते ।

बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा आज बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान पूर्व पश्चिम राजमार्गको बीच बाटोमा हात्ती आएर सवारी साधनमा आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणपछि ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवंम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन् । घटना भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरक्षक जीवन लामिछानेको कमान्डमा ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हाल हात्तीलाई जंगलतर्फ धपाउने कार्य जारी रहेको र अन्य केही सवारी साधनमा पनि क्षति भएको बुझिएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिएका छन्

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*