स्थानीय न्यूज
रौतहट, कार्तिक २९ गते।
हाल देशभर संघीय संरचना र प्रदेशसभाको भविष्यबारे चलेको राजनीतिक बहस तीव्र बन्दै गएको छ। प्रतिनिधिसभा पुनःस्थापना गराउने तथा प्रदेशसभा विघटन गराउने प्रयास भइरहेको भन्दै मधेश केन्द्रित दलहरूले यसलाई संघीयता प्राप्त उपलब्धिमाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सहित मधेश प्रदेशका संघीयता समर्थक दलहरूले हालको परिस्थितिले संघीय अधिकारहरू कमजोर बन्न सक्ने जोखिम देखिएको बताउँदै, सबै दलहरू एकताबद्ध भई सशक्त आन्दोलन वा कानुनी मार्ग अपनाउनुपर्ने आवश्यकता रहेको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले सामाजिक सञ्जाल मार्फत औँल्याएका छन्। उनका अनुसार, समयमै कदम नचाले “पाएको उपलब्धि गुमिने र देश संकटतर्फ धकेलिने” चिन्ता बढ्दो छ।
यसैबीच, एमाले मधेश प्रदेशका सभामुख रामचन्द्र मंडल माथि आएको केही अनैतिक गतिविधि तथा महाअभियोग सम्बन्धी आरोप सार्वजनिक चर्चामा रहेका छन्। यस विषयमा विभिन्न दल तथा नेतृत्वले आपत्ति जनाएका छन्।
राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको यो अवस्थामा मधेश प्रदेशका दलहरू आगामी कदमबारे आन्तरिक छलफलमा जुटी संघीयता र प्रदेशसभा सम्बन्धी विवादमा सक्रिय हुन अपरिहार्य रहेको उनले आफ्नो धारणा राखेका छन।
Sthaniya News
