Breaking News
गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष स्थापनाको घोषणा, अक्षय कोषमा २.५ लाख संकलन

गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष स्थापनाको घोषणा, अक्षय कोषमा २.५ लाख संकलन

आरएन पटेल
गरुडा, कार्तिक २९ गते।
रौतहटको गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष अन्तर्गत अक्षय कोष स्थापनाको घोषणा समारोह सम्पन्न भएको छ। महम्मदपुर बैरेजस्थित गोपाल सेवा सदनको सभाहलमा आयोजित समारोहमा विधिवत रूपमा अक्षय कोषको स्थापना गरिएको हो।

कार्यक्रमका प्रमुख उद्घोषक सर्लाही निवासी डा. बिजय झाले १ लाख रुपैयाँ प्रदान गर्दै अक्षय कोषको औपचारिक स्थापना गरे। उनले बज्जिका भाषा केवल बोली मात्र नभई सभ्यता, पहिचान र सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण सबैको संयुक्त दायित्व भएको बताउँदै कोषले बज्जिका साहित्य विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रकट गरे।

त्यस्तै, पर्सा जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख तथा रौतहट निवासी साहित्यप्रेमी हरिशंकर प्रसाद जयसवालले आफ्नो तलबबाट पाइने दशैं खर्च, पर्यटन भत्ता तथा अन्य सुविधाहरू समावेश गरी १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै कोषलाई बलियो बनाउन सबैलाई आह्वान गरे।

बज्जिका साहित्यप्रति समर्पित साहित्यकार बिन्दा सहनीले रौतहटको खेसरहियास्थित आफ्नै जग्गामा “बज्जिका साहित्य भवन” निर्माण गरी उपलब्ध गराउने घोषणा गरे। साथै उनले अक्षय कोषका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने वाचा गरे। यस्तै, यमुनामाई गाउँपालिका-२ का वडा अध्यक्ष तथा साहित्यका सक्रिय शुभेच्छुक सीताराम यादवले पनि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
यसरी विभिन्न साहित्यप्रेमीहरूको योगदानसहित अक्षय कोषको कुल राशि २ लाख ५० हजार रुपैयाँ पुगेको छ।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व माननीय गोपाल अश्क रहेका थिए भने समारोहको अध्यक्षता बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल यादव (श्रीकृष्ण) ले गरेका थिए। कार्यक्रम सञ्चालन साहित्यकार एवं बज्जिका सेवक संजय साह मित्रले गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि महानन्द झा (सर्लाही) लगायत अतिथिहरू अवधेश कुमार राय, बालदेव प्रसाद साह, विनयराज गौतम, बिरेन्द्र यादव, दिपेन्द्र यादव, रेणु गुप्ता, संजयराज महतो, बिगन साह रौनियार, शिवचन्द्र प्रसाद साह तथा विभिन्न क्षेत्रका साहित्यकार र कविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहले बज्जिका साहित्यको प्रवर्द्धन, संरक्षण र आगामी पुस्ताका लागि साहित्यिक वातावरण सुदृढ गर्न अक्षय कोष महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*