आरएन पटेल, रौतहट, कार्तिक ३० गते।
रौतहटको देवाही गोनाही नगरपालिकाको ११औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित अधिवेशन नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रदेश सांसद जयचन्द्र पटेल प्रमुख अतिथि रहनु भएको थियो। नगरसभामा चालू आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५३ करोड १६ लाख ३२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ।

समग्र बजेट प्रस्ताव वडा नम्बर ४ का वडाध्यक्ष डा. रामप्रवेश प्रसाद पटेलले प्रस्तुत गर्नुभएको थियो। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि तथा रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताइएको छ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागितासहित सम्पन्न अधिवेशनले नगरपालिकाको आगामी वर्षका नीति तथा कार्यक्रमलाई स्पष्ट दिशानिर्देश प्रदान गरेको नगरपालिकाका लेखा प्रमुख प्रदीप कुमार यादवले जानकारी गराएको छ।
नगरपालिकाले समावेशी विकास, सेवा प्रवाहको सुव्यवस्था तथा जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम मार्फत २०८२/८३ लाई परिणाममुखी वर्ष बनाउने लक्ष्य लिएको पालिकाको योजना शाखा प्रमुख मुकेश कुमार पटेलले जानकारी गराएका हुन।
Sthaniya News

