Breaking News
रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन

रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन

रौतहट, मंसिर ०३ गते।
रौतहटको मौलापुर नगरपालिका-५ स्थित आईटी चौकमा आज जेनेरेशन- जेड (Gen-Z) युवाहरूले वृहत् पैदलयात्रा सहित प्रदर्शन गरेका छन्। प्रदर्शन सँगै युवाहरुले मौलापुर नगरपालिकाको कार्यालय पुगेर कार्यालय प्रमुख रामबाबू साहलाई ज्ञापनपत्र बुझाएका छन।

परिवर्तनको मागसहित शान्तिपूर्ण रूपमा निकालिएको उक्त पैदल यात्रा आईटी चौकबाट सुरु भई बजार क्षेत्र परिक्रमा गर्दै पुनः आईटी चौकमै आएर समाप्त भएको थियो।

आन्दोलनमा सहभागी युवाहरूले “रौतहट अब बोल्दै छ”, “परिवर्तनको बाटो खोज्दै छ” भन्ने नारासहित सामाजिक, राजनीतिक र आर्थिक सुधारको माग उठाएका थिए। भीडमा स्थानीय युवक-युवती, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

आन्दोलनकर्ताहरूले यो अभियान कुनै दलजति होइन, सामाजिक सचेतनाका लागि गरिएको जनाउँदै आगामी दिनमा अझ शसक्त कार्यक्रम ल्याइने बताएका छन्। स्थानीय बासिन्दाले युवाहरूको यो पहललाई सकारात्मक परिवर्तनको संकेतका रूपमा अवलोकन गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*