Breaking News
उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग

उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग

आरएन पटेल,राैतहट,मंसिर २८ गते । 
रौतहटको वृन्दावन नगरपालिका-८ बहुअरीमा सञ्चालित कुन्ती इट्टा उद्योगमा भट्टी बाल्ने काम सुरु गरिएको छ । शनिबार प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकार गरि ईटा पकाउने भट्टी बालेका छन।

इट्टा उद्योगसँग आफ्नो रोजीरोटी प्रत्यक्ष रूपमा जोडिएको बताउँदै कामदारहरूले उद्योग सञ्चालनमा अवरोध नलगाउन माग गरेका छन् । इट्टा व्यवसायी संघले प्रहरी प्रशासनसँग मिलेर इट्टा पोल्ने कार्यमा रोक लगाउन खोजेपछि आफूहरू आक्रोशित बनेको कामदारहरूको भनाइ छ ।
उद्योगमा कार्यरत बाराको करैयामाई गाउँपालिकाका सबिर अन्सारीले भने, “मेरो पूरा परिवार यही इट्टा उद्योगमा निर्भर छ । यहाँ काम गरेर आएको पैसाले घर चल्छ । उद्योग चलेन भने तलब कहाँबाट पाउने ? परिवार कसरी पाल्ने ? प्रहरी र संघ मिलेर हामीमाथि दमन गर्न खोजिरहेका छन् । यदि उद्योग चल्न दिइएन भने हामी जे पनि गर्न तयार छौं ।”
कामदारहरूका अनुसार हाल आर्थिक मन्दीका कारण रोजगारीको अभाव छ । इट्टा उद्योग सञ्चालन भए सयौँ श्रमिकले रोजगारी पाउने उनीहरूको दाबी छ । सरकारले इट्टा सञ्चालनका लागि निश्चित समयसीमा तोकेको भए पनि मौसम प्रतिकूल भई पानी परेमा उद्योगीहरूले लाखौँ रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । यस्तो क्षतिमा न त कतैबाट क्षतिपूर्ति पाइने, न त सहयोग नै हुने गरेको उनको गुनासो रहेको छ ।

इट्टा उद्योग सञ्चालकहरूले सहयोग गर्न नसक्ने अवस्था भए कम्तीमा काम गर्न दिने वातावरण बनाउन कामदारहरूले सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग सञ्चालनमा अनावश्यक अवरोध नगरि श्रमिकको जीविकोपार्जनमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन।
रोजगारी तथा आम्दानीको सुनिश्चितता नरहेको देशको यस्तो अवस्थामा ईट्टा व्यवसायीहरुले हामीलाई रोजगारी दिई आफु लगायत परिवार पालनपोषण गर्न सहयोग गरि रहेको अवस्थामा प्रहरी प्रशासन तथा संघले उधोग सञ्चालनमा अवरोध गरेर आफूहरुको खाना खोस्ने कार्य गरि रहेकाले जुनसुकै प्रस्थितिमा पनि आफूहरु उधोग बन्द नगर्ने कामदारहरूले निर्णय गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*