Breaking News
जसपा नेपाल रौतहटको प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न

जसपा नेपाल रौतहटको प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न

आरएन पटेल, रौतहट, मंसिर २७ गते।

जनता समाजवादी पार्टी नेपाल रौतहटको संगठन विस्तार तथा प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न भएको छ। बैठक रौतहट उद्योग वाणिज्य संघको सभाहल गौरमा शनिबार गरिएको थियो। जसपा नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजना तथा जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।


बैठकबाट प्रत्येक प्रतिनिधि सभा निर्वाचन समन्वय समितिको गठन यसै पौष १ गते भित्र गर्ने गरि निर्णय समेत गरिएको छ। साथै पार्टी संगठनलाई वडा तहदेखि जिल्लास्तरसम्म सुदृढ बनाउने, कार्यकर्ताबीच एकता मजबुत पार्ने तथा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको आयोजकले जनाएको छ। बैठकमा पार्टीका जिल्ला स्तरीय नेताहरू, प्रतिनिधिहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै जनताको हक-अधिकारका लागि पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरे। साथै प्रतिनिधि सभा सम्बन्धी समसामयिक राजनीतिक विषयमा पनि गहन छलफल भएको थियो।

बैठकले आगामी दिनमा संगठनलाई अझ प्रभावकारी बनाउँदै जनतासँग नजिकिएर काम गर्ने निर्णय गरेको जसपा नेपाल रौतहटका कार्यालय सचिव दिनेश कुमार यादवले जानकारी दिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*