Breaking News
रौतहट-२ बाट जसपा नेपालको एकल उम्मेदवारका रूपमा राम अशिष यादव सिफारिस

रौतहट-२ बाट जसपा नेपालको एकल उम्मेदवारका रूपमा राम अशिष यादव सिफारिस

आरएन पटेल, रौतहट, पौष ०२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं-२ बाट राम अशिष यादव (उर्फ बशिष्ठ यादव) लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
क्षेत्र नं-२ का क्षेत्रीय तथा जिल्ला तहका जसपा नेपालका नेताहरूबीच भएको विशेष छलफलपछि सर्वसम्मत रूपमा यादवको नाम सिफारिस गरिएको हो। विशेषगरी युवाहरूको बलियो माग र समर्थनका आधारमा उनको उम्मेदवारी अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
राम अशिष यादव लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी जसपा नेपाल बाट प्रतिधित्व गर्दै अघिलो कार्यकालमा जिल्ला समन्वय समितिको उप सभापति निर्वाचित भएका थिए। साथै क्षेत्रस्तरमा प्रभावशाली, लोकप्रिय र जुझारु नेताका रूपमा परिचित छन्। २०६४ सालको प्रथम संविधानसभा निर्वाचनमा प्रतिकूल परिस्थितिका बाबजुद पनि कसैको डर, त्रास र दबाबको प्रवाह नगरी रातदिन पार्टीका लागि खटिएको योगदान आज पनि कार्यकर्ता माझ स्मरणीय रहेको छ।
पार्टीप्रति निरन्तर निष्ठा, इमानदारी र समर्पणका साथ भूमिका निर्वाह गर्दै आएका यादवको उम्मेदवारी सिफारिसलाई रौतहट क्षेत्र नं-२ मा जसपा नेपालको संगठनात्मक पकड अझ मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
<span;>स्थानीय नेता तथा कार्यकर्ताहरूले उनको उम्मेदवारीले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने र निर्वाचनमा सशक्त परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*