स्थानीय न्यूज
रौतहट, पौष १२ गते।
जनमत पार्टी रौतहट जिल्ला पार्टी कार्यालय गौरमा आज चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कोर टिमका पदाधिकारी तथा सदस्यहरू र सिफारिस गरिएका सम्भावित उम्मेदवारहरूसँग संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा संगठन सुदृढीकरण, आगामी गतिविधि र विविध प्रस्तावहरूमाथि गहन छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको जिल्ला पार्टीले जनाएको छ।

बैठकले प्रत्येक वर्षझैँ यस वर्ष पनि २०८२ साल मंसिर १७ गते बिहीबार बिहान ११:०० बजे रौतहट जिल्लाको मध्य भाग गरुडामा राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ। उक्त अवसरमा सहभागीहरूले आ-आफ्नो मौलिकता झल्किने धोती, कुर्ता, गम्छा लगायतका परम्परागत पोसाक लगाएर कार्यक्रम मनाउने निर्णय गरिएको छ।
त्यसैगरी, पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले क्षेत्रीय कोर टिमहरूलाई आ-आफ्नो क्षेत्रका बूथ स्तरीय समितिहरूको गठन प्रतिवेदन र मूल्यांकन प्रतिवेदन तयार गर्ने जिम्मेवारी प्रदान गरिएको छ।
यसै क्रममा, रौतहट जिल्ला गरुडा नगरपालिका निवासी श्रीमती चन्देश्वरी देवी हालै जनमत पार्टीमा प्रवेश गरेपछि आज उनलाई जिल्ला पार्टी कार्यालय गौरमा औपचारिक रूपमा स्वागत गरिएको छ।

पार्टीले उहाँको आगमनलाई संगठन विस्तारका लागि सकारात्मक कदमको रूपमा लिएको जनमत पार्टीका नेता बिकास कुमार यादवले जानकारी गराएको छ।
बैठकले पार्टीलाई जिल्लाभर थप सशक्त बनाउँदै जनताको मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Sthaniya News
