स्थानीय न्यूज, रौतहट, माघ ०९ गते ।
आज देशभर विद्याकी देवी सरस्वतीको पूजाआज गरी सरस्वती पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई श्रीपञ्चमी पनि भनिन्छ।
आजको दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा ज्ञान-साधनासँग सम्बन्धित व्यक्तिहरूले देवी सरस्वतीको पूजा गर्दै विद्या, बुद्धि र सफलताको कामना गर्छन्। विद्यालय, क्याम्पस, पुस्तकालय, मठ-मन्दिर तथा घरघरमा सरस्वतीको प्रतिमा स्थापना गरी पूजा गरिएको छ।
सरस्वतीलाई श्वेत वस्त्रधारी, वीणा धारण गरेकी देवीका रूपमा मानिन्छ। आजको दिन कलम, कापी, पुस्तक तथा बाजागाजालाई पूजा गरी बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ।
यस अवसरमा विभिन्न शैक्षिक संस्थाहरूमा विशेष पूजा, सांस्कृतिक कार्यक्रम तथा शैक्षिक गतिविधिहरू आयोजना गरिएको छ। भक्तजनहरूले पहेँलो तथा सेतो वस्त्र धारण गरी पूजा गर्ने परम्परा छ।
Sthaniya News
