आरएन पटेल, रौतहट, माघ ०८ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद (फुलबाबु) की धर्मपत्नी शहनाज वेगमको असामायिक निधनप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति रौतहटले गहिरो दुःख व्यक्त गरेको छ।

जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। विज्ञप्ति मार्फत उनले यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई अपार दुःख सहन सक्ने धैर्य र शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गरिएको गरेका छन।
विज्ञप्तिमा पार्टीका तर्फबाट शेख अबुलकलाम आजाद (फुलबाबु) तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो दुःखको घडीमा जसपा नेपाल रौतहट परिवार सधैं साथमा रहेको जनाइएको छ।

शहनाज वेगमको असामायिक निधनले पार्टी पंक्ति मात्र नभई सामाजिक तथा राजनीतिक क्षेत्रमै अपूरणीय क्षति पुगेको भन्दै पार्टीले दिवंगत आत्माको सम्झनामा मौन श्रद्धाञ्जली अर्पण गरेको छ।
Sthaniya News
