Breaking News
रौतहट क्षेत्र नं. १ मा जसपा उम्मेदवार योगेन्द्र राय यादवप्रति युवाहरुको बढ्दो आकर्षण

रौतहट क्षेत्र नं. १ मा जसपा उम्मेदवार योगेन्द्र राय यादवप्रति युवाहरुको बढ्दो आकर्षण

आरएन पटेल, रौतहट, माघ ११ गते।
रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवको उम्मेदवारीले चुनावी माहोल तातेको छ। यस क्षेत्रमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता छाप’ प्रति मतदाताको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ।
विशेषगरी युवाहरुले जसपा नेपालको उम्मेदवार योगेन्द्र राय यादवको उम्मेदवारीलाई फरक, नयाँ सोच र परिवर्तनको प्रतीकका रूपमा लिएका छन्। युवाहरुको भनाइमा, यादवको सक्रियता, जनसम्पर्क र स्पष्ट दृष्टिकोणले यसपटक निर्वाचन परिणाममा नयाँपन देखिने निश्चित छ।


निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका ब्रम्हपुरी र हजमिनीया लगायतका बस्तीमा गरिएको घरदैलो कार्यक्रमका क्रममा युवाहरुको उल्लेखनीय सहभागिता र उत्साहले उम्मेदवार यादवलाई थप हर्षित बनाएको छ। घरदैलोका क्रममा स्थानीय युवाहरुले विकास, रोजगारी र समावेशी राजनीतिप्रति आफ्नो अपेक्षा व्यक्त गर्दै जसपा नेपालप्रति समर्थन जनाएका छन।
स्थानीय मतदाताहरुका अनुसार, योगेन्द्र राय यादव जनताको सुख-दुःखमा सधैं साथ रहने नेता भएकाले यसपटक क्षेत्र नं. १ मा जसपा नेपालको बलियो उपस्थिति देखिने विश्वास गरिएको छ।
यसरी, रौतहट क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा योगेन्द्र राय यादवको चुनाव चिन्ह ‘छाता छाप’ प्रति जनआकर्षण थप मजबुत बन्दै गएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*