Breaking News
जसपा नेपाल रौतहट-३ मा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

जसपा नेपाल रौतहट-३ मा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन

आरएन पटेल, रौतहट, माघ ११ गते।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०३ का अनुभवी उम्मेदवार गोबिन्द चौधरीको प्रमुख आतिथ्यतामा रौतहटको क्षेत्र नं ३ को क्षेत्रीय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट राम प्रवेश दासको संयोजकत्वमा ४४ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन गरिएको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको समितिले पार्टीको प्रचार प्रसार, चुनावी गतिविधि प्रभावकारी बनाउने तथा जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि उम्मेदवार गोबिन्द चौधरीले पार्टीलाई जनतासँग अझ नजिक पुर्‍याउन संगठित र अनुशासित ढंगले काम गर्न आवश्यक रहेको बताए । उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका मुद्दामा जसपा नेपाल दृढ रहेको उल्लेख गर्दै निर्वाचनमा एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा रौतहट क्षेत्र नं ३ जसपा नेपालका सम्पूर्ण नेता कार्यकर्ताहरु, भातृसंगठन तथा नेतृत्व पंक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित पार्टीका नेताहरूले नवगठित जननिर्वाचन परिचालन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनीहरूले समितिले निर्वाचनमा पार्टीलाई विजयतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*