Breaking News
क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

क्षेत्रको बिकासका लागि नेतृत्व बदलावको आवश्यकता:-रौतहट-३ जनमतका उम्मेदवार प्रवेज आलम

आरएन पटेल, रौतहट, माघ ११ गते।
जनमत पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रवेज आलमले उम्मेदवारी दर्ता गराएका छन । उनले आफ्नो उम्मेदवारीलाई ‘जेन-जी आन्दोलन’को परिणाम भन्दै देशमा युवामाथि भइरहेको उपेक्षाविरुद्ध चुनावी मैदानमा उत्रिएको बताएका छन । क्षेत्रको बिकासमा पुराना नेतृत्व बदलावको आवश्यकता रहेको उनले अवलम्बन गरेका छन।
उम्मेदवार आलमले देशमा युवाका लागि न रोजगारीको पर्याप्त व्यवस्था भएको न त स्पष्ट नीति नै रहेको आरोप लगाए । “युवालाई सधैं आश्वासन मात्र दिइयो, त्यसै कारण आज लाखौँ युवा विदेश जान बाध्य छन्,” उनले भने ।
कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर निवासी आलम आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको उल्लेख गर्दै स्थानीय समस्या र जनजीवनलाई नजिकबाट बुझेको दाबी गर्छन । उनका अनुसार युवाको रोजगारी, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा उनका प्रमुख चुनावी एजेन्डा हुन ।
“म नेता भएर भाषण गर्ने होइन, सामान्य नागरिकको छोरा बनेर काम गर्न चाहन्छु,” उनले बताए । विगत सात वर्षदेखि समाजसेवामा सक्रिय रहँदै आएको र कोरोना महामारीको कठिन समयमा राहत सामग्री वितरण लगायतका मानवीय कार्यमा संलग्न रहेको स्थानीय न्यूजलाई उनले बताए ।
आलमले जनतासँग जनमत पार्टीको चुनाव चिन्ह ‘हर्न छाप’मा मतदान गरी सहयोग गर्न अपिल गर्दै विशेषगरी युवालाई आफूमा विश्वास गर्न आग्रह गरे । “नेता बदलौँ, बदलाव ल्याऔँ । जनताले चाहे अवस्था बदलिन सक्छ,” उनले भने ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*