आरएन पटेल,राैतहट, माघ १५ गते ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले आज बिहानै गरुडा नगरपालिका-५ मा अवस्थित ऐतिहासिक तथा प्रसिद्ध शिवनगर महादेव मन्दिरमा पुजाआजा तथा दर्शन गर्नुभएको छ ।
उहाँको पूजा-अर्चना मन्दिरका महन्थ कृष्णदेव गिरीले विधिपूर्वक गराउनुभएको थियो । धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा दर्शनपछि उम्मेदवार चौधरीले मन्दिरको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिवमन्दिर दर्शनपछि उम्मेदवार चौधरी आफ्ना क्षेत्रका जनताको घर दैलोमा पुगेका छन।

धार्मिक, सामाजिक तथा जनसेवामूलक कार्यमा निरन्तर सक्रिय रहँदै आएका उम्मेदवार चौधरीको यस प्रकारको सहभागिताले स्थानीयवासीबीच सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन् । चुनावी भेटघाटको व्यस्ततालाबीच पनि धार्मिक स्थलमा पुगेर आस्था प्रकट गर्नुले उहाँको संस्कार, मूल्य र समुदायप्रतिको सम्मान झल्काउने उनीहरूको भनाइ छ ।
उक्त अवसरमा जसपा नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दास, गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव लगायत जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Sthaniya News
