Breaking News
बौधिमाइ नपा -२ इनर्वामा आगलागी हुदा लाखौको क्षती ।

बौधिमाइ नपा -२ इनर्वामा आगलागी हुदा लाखौको क्षती ।

आर एन पटेल । ०५ असोज २०७९

बौधिमाइ नपा -२ इनर्वामा आगलागी हुदा लाखौको क्षती भएको हो । नगरपालिकाको वडा वडा नं. २ इनर्वा स्थित दक्षिण पूर्व मठ टोलको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

मंगलबार बेलुका साढे ७ बजेको समयमा भएको आगलागीले घरमूली जयमंगल राउत कुर्मीको एकै घरमा बस्दै आएको तीन परिवार विचलित भएका हुन् । निज जयमंगल राउतका तीन छोरा र एक छोरी गरी तीन परिवार बस्दै आएको सो घरमा वस्तुभाउ पनि राख्दै आएकोले लामखुट्टे धपाउन बालिएको आगो सल्केर आगलागी भएको अनुमान गरिएको छ ।


आगलागिबाट एउटा चौपाया भैंसी, १३ वटा बाख्रा खसी बोका तथा ४ वटा हाँस लगायत खाद्यान्न सामग्री चामल, गेहु धान र लताकपडा ओछयान समेत जलेर पूर्ण रुपमा नष्ट भएका थिए । इलाका प्रहरी कार्यालय कोपावा तथा स्थानीय सर्वसधारणहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागिबाट धनमाल समेत गरेर कुल लगभग ५ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेका छन ।
आगलागिबाट निज जयमंगल राउतको अपुर्निय क्षति भएकोले बौधिमाई नपा – २ इनर्वाका वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल ले दुःख व्यक्त गर्दै संकटको घढीमा धर्यधारण गर्न पीडित परिवारलाई सन्तावना दिइएका हुन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*