आरएन पटेल । असोज ६ गते
बौधिमाई नपाको भुवाली चौकमा महाबीरी झण्डा मेलाको उद्घाटन समपन्न भएको छ । बौधिमाई नगरपालिकाको वार्ड न.१ अजगैबी र वार्ड न.६ पिपरियाको बिचमा रहेको भुवाली चौकमा माहाबीरि झणडा मेलाको उदघाटन कार्य बौधिमाई नपाको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवले रिबन काटेर मेलाको उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको अध्यक्ष बौधिमाई नपा वार्ड न.१ को वार्ड अध्यक्ष रामजोधी राउत ,प्रमुख अतिथि जसपा नेपालको मधेस प्रदेश समिती सदस्य तथा बौधिमाई नगरपालिकाको जन प्रिय पुर्व तथा पहिलो नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादव, अतिथि बौधिमाई नपा वार्ड न.२ को पुर्व वार्ड अध्यक्ष रामबाबु कुशवाहा , वार्ड न.३ को वार्ड अध्यक्ष मनिभुषण प्रसाद साह , वार्ड न. ९ को वार्ड अध्यक्ष मुक्तिनारायण मिश्र र वार्ड न.८ को वार्ड अध्यक्ष बिन्देशवर यादव लागयतका नेता,कर्याकर्ता बुधिजिवी तथा सर्वसधारण स्थानीयबासीहरुको उपस्तिथिमा मेलाको उद्घाटन कार्य सप्पन्न भएको हो ।

Sthaniya News
