Breaking News
समाजवादी युवा संघ रौतहटको कार्यकारणी समिति बैठक गौरमा सम्पन्न ।

समाजवादी युवा संघ रौतहटको कार्यकारणी समिति बैठक गौरमा सम्पन्न ।

आरएन पटेल । असोज २४ गते ।

समाजवादी युवा संघ रौतहटको कार्यकारणी समिति बैठक गौरमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहट जिल्ला कार्यकारणी समितिको बैठक समाजवादी युवा संघको कार्यालय गौरमा बुधवार सम्पन्न भएको छ ।


युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि युवा, विद्यार्थी तथा खेलकुद संगठन विभाग मधेश प्रदेश प्रमुख तथा मधेश प्रदेश सरकारका पूर्व गृह तथा कानून मन्त्री ज्ञानेन्द्र प्रसाद यादवले जिल्लाको सम्पूर्ण पालिकाहरुमा पालिका स्तरीय र त्यसपछि वडा स्तरीय समाजवादी युवा संघको संगठन बिस्तार तथा गठन पुनगर्ठन कार्यको लागि प्रशिक्षण दिएका थिए । मूल पार्टीलाई मजबूत बनाउन युवा संगठनको महत्वपूर्ण भूमिका रहेको बताउदै पार्टी संगठनलाई बलियो बनाउन युवा संगठनलाई विस्तार गरि पालिका कमिटी, वडा कमिटी तथा बूथ कमिटि समेत गठन गरि अगाडी बढन अभिप्रेरित गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको जिल्ला अध्यक्ष श्याम बिहारी राय यादव, युवाको जिल्ला इन्चार्ज संजीव कुमार यादव, प्रेस मञ्च रौतहटको उपाअध्यक्ष राज नारायण पटेल, युवाको उपाध्यक्ष अजय यादव, शिव पुजन राय, राज नारायण साह, दिपेन्द्र कुमार यादव, बलिराम चौधरी, सचिव तपसीलाल राय यादव, कोषाअध्यक्ष दिपेन्द्र यादव, सदस्य संदिप पटेल, तेज नारायण कुशवाहा, लाखिन्द्र कुशवाहा लगायत जिल्ला कार्यकारणी समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*