Breaking News
गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

आरएन पटेल ।
रौतहट, कार्तिक ४ गते ।
रौतहटको गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ५ महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा जनता समाजवादी पार्टी नेपालको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण, अभियान अन्तर्गत विस्तारित बैठक तथा शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरुडा नगर कमिटीको आयोजनामा आइतबार सम्पन्न भएको छ । नगर स्तरीय विस्तारित बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम गरुडा नपा – ५ महम्मदपुरका पूर्व वडा अध्यक्ष जयमंगल राय यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा दर्जनों नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गरेका छन ।

नव प्रवेशी नेता कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गोविन्द चौधरी, विशिष्ट अतिथि केन्द्रीय सदस्य एवं मधेश प्रदेश सरकारको पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव र जिल्ला अध्यक्ष श्यामबिहारी राय यादवले संयुक्त रुपमा टिका तथा गमछा ओढाई पार्टीमा स्वागत गरेका छन ।

जसपा नेपालमा पार्टी प्रवेश गरेका सम्पूर्ण नेता कार्यकर्ता एवं उपस्थित नेता कार्यकर्ता, पार्टी प्रति आस्था बिश्वास राख्ने सम्पूर्णमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व शुभ दीपावली एवं आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा जजिल्ला अध्यक्ष श्यामबिहारी यादवले सु स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य माननीय पुजा चौधरी, केन्द्रीय सदस्य चुल्हाई राय यादव, मधेश प्रदेश कार्यकारणी समिति सदस्य पुनीत राम, प्रदेश सदस्य तथा गरुडा नपाको मेयर प्रत्याशी अनिल कुमार यादव, माधव नारायण नपाको पूर्व मेयर बिरेन्द्र राय यादव, जिल्ला सह इन्चार्ज राजकुमार दास तत्मा, जिल्ला उपाध्यक्ष महिला नेत्री रन्जु दास तत्मा, जिल्ला उपसचिव दिनेश कुमार यादव, जिल्ला सदस्य उपेन्द्र राय, लड़ाई राय यादव, समाजवादी युवा संघ नेपाल मधेश प्रदेशको कार्यबाहक अध्यक्ष कमलेश कुमार यादव, युवाको जिल्ला इन्चार्ज संजीव कुमार यादव, लगायत पार्टीका नेता कार्यकर्ता, स्थानीयहरु तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*