Breaking News
श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन ।

श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन ।

रौतहट, माघ १२ गते।
श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन गरिएको छ। पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट  शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको शाखाकाे सभाहलमा मधेस प्रदेश सभा सदस्य मा. शोभा साहको  विशेष उपस्थितिमा  कार्यसमिति घोषणा गरिएकाे हाे ।

कार्यसमितिका अध्यक्षमा सन्तोष पौडेल, उपाध्यक्षमा राकेश यादव ,  महिला उपाध्यक्षमा  पुजा जैसवाल , सचिवमा अभिमनु पटेल ,  सहसचिवमा मो. मोजिबुल्ला ,  समावेशी सहसचिवमा सोनु महतो ,  र कोषाध्यक्षमा  जितेन्द्र दास चयन भएका छन् ।
त्यसैगरी,  राधेश्याम साह , दिलिप पान्डे , सत्येन्द्र प्रताप सिंह , अरमान उपाधाय , दिवेन्द्र साह , रौशन साह र  कार्यसमितिका सदस्य चयन भएका छन । त्यसैगरी सल्लाहकारमा रबिन्द्र साह , मोहम्द तन्बिर आलम , दिपक श्रीवास्तव , त्रिभुवन ओझा , शेख समिउल्ला , विश्वनाथ राम , समीर आलम, रमेश सिंह , सुमित यादव, मोह्मद अफताब हास्मी ,प्रवीण कुमार सिंह , मो. ओजिर आलम , अरबिन्द कुमार यादव , चन्दन कुमार महतो  चयन भएका हुन।

विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले कार्यक्रमलाई सम्बोधन गर्दै   श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् ।  सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गरिने बताएका छन् । सो कार्यका लागि  केन्द्र, प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आआफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने बताए  ।

प्रमुख अतिथिले मा. सोभा साहले कार्यक्रम सम्बोधन गर्दै पत्रकारिता कुनै पनि लोकतान्त्रिक देशको चौथो अंग हो। श्रमजीवी पत्रकारहरू समाजका आँखा, कान र आवाज हुन्। सत्यतथ्य जनसमक्ष ल्याउन, जनताको सवाल उठाउन, र अधिकारको पक्षमा खडा हुन उहाँहरूको भूमिका अतुलनीय छ। उहाँहरू समाजको मार्गदर्शन गर्ने र न्यायका लागि आवाज उठाउने सच्चा योद्धा हुनुहुन्छ ।

तर यो पेसा केवल सम्मान मात्र होइन, असंख्य चुनौतीले भरिएको छ। श्रमजीवी पत्रकारहरूले सधैं जोखिमपूर्ण परिस्थितिमा काम गर्नुपर्छ। सत्य बोल्दा धम्की, दवाब र असुरक्षाको सामना गर्नुपर्ने अवस्था छ। धेरैजसो श्रमजीवी पत्रकारहरू आर्थिक अभाव, पर्याप्त सुविधा र सुरक्षाको अभावको सिकार भएको छ ।आफ्नो पार्टी , प्रदेश सरकारबाट पहल गरेर श्रमजीवी पत्रकार सहयोग गर्ने छौं बताए।

सो श्रमजीवी पत्रकार संघ नेपाल कार्यक्रममा प्रमुख अतिथि मा. सोभा साह , विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसी , नेपाली काङ्ग्रेस रौतहटबाट चिरञ्जीवी प्रताप सिंह , नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रबिन्द्र साह , प्रेस मंचका रौतहट अध्यक्ष किशोरी यादव लगायत विभिन्न मिडियाका संचालक , पत्रकार , सम्पादकहरुको उपस्थिति रहेको थियोे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*