Breaking News
देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध।

देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध।

रौतहट।
माघ १३ गते।
देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित पिपरा टिकुलिया टोलमा भइ रहेको सडक ढलान कार्य अवरुद्ध भएको हो ।

संघीय सरकारको कुल ८० लाखको लगानिमा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहको नेतृत्वमा भइ रहेको ढलान कार्य सुरुदेखि नै विवादित हुँदै आएको देखिएको छ। पालिकाको वडा नं. ५ विभिन्न टोलमा विभाजित भएकाले एउटै योजनाको कार्य एक ठाउँमा सम्पन्न गर्नुपर्ने भए पनि गुणस्तरहीन सड़क ढलान तथा बाटो सरसफाई नगरि मनोमानी ढङ्गले बिकास निर्माणको कार्य गर्दा उक्त वडाका वडा अध्यक्ष प्रत्यासी समाजसेवी भोला यादवले स्थानीयहरुको सहयोगमा सड़क ढलान कार्यलाई अवरुद्ध गरेका हुन।

गुणस्तरहीन कार्यले स्थानियहरुद्वारा बिरोध हुदा उक्त ढलान कार्य अर्को टोलमा गर्न लागेको तथा यहाँ पनि पारदर्शी तरिकाले ढलान कार्य नगरेको आरोपमा उक्त सडक ढलान कार्य रोका गरिएको यादवले बताएका छन। सो ढलानमा इन्जिनियर निरज झाको विशेष लापरबाही रहेको र आफ्नै मनोमानी तरिकाले उक्त सडक ढलान गर्न खोज्दा यादवले ढलान कार्यमा रोक लगाएका हुन् । बिना होडिंगबोड र बिना स्टीमेट मन लाग्दो तरिकामा इन्जिनियर झाले सडकमा बिना गिट्टी राखी फ़ोहोर तथा माटो, पराल र घासपात देखिदै अवस्थाको उक्त बाटोमा भइरहेको ढलान कार्यको लागत स्टिमेट अनुसारको कार्य हुनु पर्ने माग सहित यादवले सो ढलान कार्यमा अवरुद्ध गरेका हुन।

पालिकाका प्राविधिक(इंजीनियर) निरज झाले यस योजनाको लागत स्टीमेटमा होर्डिंग बोर्ड तथा केहि ठाउँमा ग्राभेल नराखेको स्विकारेका छन। स्टीमेट नभएको ठाउँमा आफु ग्राभेल राख्न असमर्थ रहेको बताउदै जुनसुकै सर्वसधारणहरुलाई लागत स्टीमेट देखाउन नमिल्ने प्राविधिक झाले बताएका छन।

सञ्चालित योजनाको उपभोक्ता समितिको बारेमा समेत जानकारी नदिई तथा स्टीमेट अनुसारको कार्य गर्न बारम्बार अनुरोध गर्दा पनि मेयर साहका दुइटै छोरा तथा इंजीनियर झा काम रोकी समस्या समाधान तर्फ जानुको सट्टा मनोमानी ढङ्गले ढलान गर्न खोज्दा आफु बाध्य भएर ढलान कार्य अवरुद्ध गरेको समाजसेवी यादवले बताए। गुणस्तरहिन ढलान गरि गाउँको मुख्य बाटो नै बिगार्ने कार्य गर्न खोजेकाले योजनाको लागत स्टीमेट सार्वजनिक नगरे सम्म ढलान कार्य अगाडी बढाउन नदिन उनले बताए। बिबादलाई समाधान गर्न दुबै पक्षबिच सोमबार बसेर छलफल गरि ढलान कार्य अगाडी बढाउने निर्णय गरिएको हो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*