आरएन पटेल
माघ १४ गते २०८१।
ईशनाथको मोतीगन्ज प्रा वि मा नगर प्रमुख कौशल्या देवी द्वारा चार कोठे भवनको शिलान्यास गरिएको छ। जिल्लाको ईशनाथ नगरपालिका वडा नं -६ टोल जोकहाको मोतीगन्ज प्राथमिक विद्यालयमा आज एक कार्यक्रमका बिच ईशनाथ नगरपालिकाकी नगर प्रमुख श्रीमती कौशल्या देवी द्वारा उक्त विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको हो ।
विद्यालयमा पठन पाठन व्यवस्थीत गराउने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको नगर प्रमुख सिन्हाले बताइन। विद्यालय भवनकाे शिलान्यास गर्दै नगर प्रमुख देवीले भवनको अभाव झेलिरहेको आफ्नो नगरका विद्यालयहरुको अब कायापलट हुने बताएकी छिन। आफु शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै शिक्षामा नगरपालिकाले कमी नराख्ने बताउदै गुणस्तरीय शिक्षा प्रवाह, सबैको साझा उद्देश्य हुनुपर्ने वहाँले बताउनुभयो ।
साथै विद्यालय भवन निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, नगरवासी, नगरपालिका लगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताए।
त्यस्तै नगरपालिका वडा नं-७ टोल जोकहा मदरसामा पनि आज अर्को चार कोठे मदरसा भवनको नगर प्रमुख श्रीमती कौशल्या देवीद्वारा शिलन्यास गरिएको हो। नगर प्रमुखकाे शिक्षा, स्वास्थ तथा पूर्वाधार बिकास निर्माण तर्फ विशेष ध्यानकर्षण भएकोले सम्पूर्ण नगरवासीहरु खुशी व्यक्त गरेका छन।
उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथी पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा नगर उप प्रमुख मो. परवेज आलम, वडावासी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमीहरुकाे उपस्थिती रहेको थियो।