Breaking News
रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा

रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा

स्थानीय न्यूज
रौतहट, भदौ २६ गते । 
रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदाको सूचना जारी गरिएको छ। देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकहरुले अमूल्य ज्यान गुमानु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको भन्दै प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झनामा भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म शोक बिदा दिइएको गुजरा नगरपालिका कार्यालय सिमरा भवानीपुरले जनाएको छ  ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न अस्पतालहरुमा सयौं घाइतेहरुको उपचार भइरहेको अवस्थामा नेपाली समाज दुःखी बनेको नगरपालिकाद्वारा जारी शोक बिदाको सूचनामा उल्लेख गरिएको छ ।


दर्जनौं होनहार युवाले ज्यान गुमाउनु परेको यस मार्मिक र पिडादायी घडिमा गुजरा नगरपालिका  नगरप्रमुख स्तरिय निर्णय अनुसार शोक बिदा दिइएको गुजरा नगरपालिकाका अधिकृत जित बहादुर चौधरीले जानकारी दिनु भयो  ।
आन्दोलनका क्रममा दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै नगरपालिकाले  शोकसन्तप्त परिवारजान प्रति  गहिरो संवेदना  व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस विषम परिस्थितिलाई सवैले सभ्यता र धैर्यताका साथ् सामना गर्दै सामाजिक, शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताउनुभयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*