Breaking News
फतुवा बिजयपुरमा महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु

फतुवा बिजयपुरमा महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु

आरएन पटेल
राैतहट,असाेज ०५ गते । 
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आज एक कार्यक्रमका बीच स्वास्थ्य चौकी सन्तपुरबाट औपचारिक रूपमा वितरण कार्यको शुभारम्भ गरेकी हुन् ।
यसअघि नगरपालिकाले सामुदायिक विद्यालयहरूमा मात्र सेनेटरी प्याड वितरण गर्दै आएको थियो । अबदेखि भने नगर क्षेत्रका सबै स्वास्थ्य संस्थामार्फत पनि नियमित रूपमा सेनेटरी प्याड उपलब्ध हुने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख खातुनले भनिन्, “महिलाको स्वास्थ्य र मर्यादित मासिक धर्मका लागि सेनेटरी प्याडको पहुँच सुनिश्चित गर्नु हाम्रो दायित्व हो । विद्यालयपछि अब स्वास्थ्य संस्थामार्फत पनि सहज रूपमा उपलब्ध गराइनेछ।”

प्रदेश सांसद पदका प्रत्यासी मोहमद सेराजले यस्तो पहलले महिलाहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताए । “महिला स्वास्थ्यको संवेदनशीलता बुझेर नगरपालिकाले चालेको यो कदम सराहनीय छ,” उनले भने, “अब यो अभियानलाई अझ फराकिलो बनाउँदै लैजान जरुरी छ।”

स्वास्थ्य संयोजक रमेश प्रसाद यादवले सेनेटरी प्याडको सहज उपलब्धताले महिलाहरूको मासिक धर्म सम्बन्धी स्वच्छता र आत्मसम्मानमा वृद्धि हुने बताए । “स्वास्थ्य संस्थामार्फत नियमित आपूर्ति सुनिश्चित गर्दै हामी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नेछौं,” उनले भने।
कार्यक्रममा स्वास्थ्य चौकी सन्तपुरका ईन्चार्ज रघुनाथ साह, स्थानीय अगुवाहरू, स्वास्थ्यकर्मीहरू र महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*