Breaking News
पचरौता नगरमा विकासको तीव्र गति: नगर प्रमुख सिंहद्वारा एकैदिन चार स्थानमा शिलान्यास

पचरौता नगरमा विकासको तीव्र गति: नगर प्रमुख सिंहद्वारा एकैदिन चार स्थानमा शिलान्यास

रएन पटेल
बारा, मंसिर २१ गते।
बाराको पचरौता नगरपालिका विकास निर्माणमा तीव्र गतिले अघि बढ्दै गएको छ। नगर प्रमुख जलन्धर सिंह जैसवारले मंसिर २० गते शनिबार एकैदिन चार महत्वपूर्ण योजना शिलान्यास गर्दै नगरलाई अझ आधुनिक र सुविधायुक्त बनाउने अभियानलाई तीव्र बनाएका छन्।


नगरपालिकाका विभिन्न वडामा गरी सडक ढलान, नाला निर्माण तथा विद्यालय भवन निर्माण जस्ता आधारभूत पूर्वाधार परियोजना सुरु गरिएका छन्।
इर्नवा टोलमा सडक तथा नाला निर्माणको शिलान्यास:
पचरौता नगरपालिका वडा नं. ४ स्थित इर्नवा टोल भरी सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास नगर प्रमुख जैस्वारले सम्पन्न गरेका छन्।


यस आयोजनाको कुल लागत अनुमान: रु १ करोड ६ लाख रहेकोमा ठेक्का साकार भएको काबुल रकम: रु ५९ लाख ८२ हजार ३ सय ४४ रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै आयोजनाको सम्झौता मिति: २०८२/०८/१७ देखी सुरु भई कार्यसमाप्ति मिति: २०८२/१२/३० रहेको पालिकाले सार्वजनिक गरेको सूचना पार्टीमा उल्लेख गरिएको छ। योजनाले स्थानीय यातायात प्रणाली सुधार्ने र इर्नवा टोलको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
चिरान देखी भन्सार सडक ढलान तथा नाला निर्माणको शिलान्यास:-
नगरपालिकाको वडा नं. १ पिपरपातीको चिरानदेखी भन्सार सम्मको सडक ढलान र नाला निर्माणका दुई महत्वपूर्ण परियोजनाको पनि औपचारिक शिलान्यास गरिएको छ। एउटा योजना सडक ढलानको कुल लागत अनुमान: रु १ करोड ५० लाख रकम मध्ये काबुल रकम: रु ८३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ ८३ पैसा तथा नाला निर्माणको काबुल रकम रु ८६ लाख ३० हजार ०२ रुपैयाँ ३९ पैसा रहेको छ।


पूर्वाधारले वडा नं. १ पिपरपाती क्षेत्रका बासिन्दालाई झनै सहज यातायात सुविधा प्रदान गर्दै बस्तीको दुर्गमापन हटाउने विश्वास लिइएको छ।
पिपरपातीमा चार कोठे विद्यालय भवन निर्माण
वडा नं. १ मा रहेको श्री ने.रा. माध्यमिक विद्यालय पिपरपातीमा चार कोठे नयाँ विद्यालय भवन निर्माण कार्य पनि सुरु गरिएको छ। यसले शैक्षिक वातावरण सुधार्ने र विद्यार्थीहरूलाई गुणस्तरीय पठनपाठनमा सहजता दिने स्थानीयवासीको भनाइ छ।
स्थानीयको उत्साह: “यो वर्ष पिपरपाती र इर्नवाको रूप नै फेरिन्छ” चारवटा योजनाको एकैदिन शिलान्यासले पचरौता नगरमा विकासको गति तीव्र भएको स्पष्ट भएको स्थानीयवासीहरूले बताएका छन्।


सडक र नाला निर्माणले बस्तीमा सवारी आवागमन सहज बनाउने, वर्षायाममा जलसतह समस्या कम गर्ने तथा विद्यालय भवनले शैक्षिक भौतिक पूर्वाधार सुदृढ बनाउने जस्ता प्रत्यक्ष लाभहरू मिलने स्थानीयहरूको अपेक्षा छ।
“यो वर्ष वडा नं. १ पिपरपातीको कायापलट हुन्छ,” स्थानीयहरूले विश्वास व्यक्त गरेका छन्।
पचरौता नगरपालिकाको तर्फबाट एकैदिन चार महत्वपूर्ण विकास योजनाको शिलान्यास हुनु नगरको दीर्घकालीन विकासको मार्गप्रशस्त गर्ने संकेतका रूपमा लिइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*