आरएन पटेल
रौतहट,मंसिर २२ गते।
रौतहट जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुर्व निर्धारित कार्यक्रम अन्तर्गत जसपा,नेपालका नेताहरुले आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना दिएका छन्।
जनता समाजवादी पार्टी,नेपाल जिल्ला समिति, रौतहटको आयोजनामा तथा पुर्व केन्द्रिय सदस्य एवम् राज्यमन्त्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा भएको शान्तिपूर्ण धर्ना तथा बिरोध प्रदर्शन कार्यक्रममा जसपा नेपालले सविधान संसोधन तथा पुर्नलेखन गर,जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, स्थानिय तहलाई प्रादेशिक क्षेत्रधिकार भित्र कायम गर, जनता द्वारा निर्वाचित प्रत्यक्ष कार्याकारी राष्ट्रपतीको व्यवस्था गर, किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गर, प्रदेशहरुका लागि प्रहरी र कर्मचारी समायोजन लागु गर, नेपाल सरकार ले गर्ने राजनितिक नियुक्त्तीहरुमा भागबन्डा को अन्त्य गर, उखु किसानहरुको भ्याटको पैसा रु ३५% भुक्तानी गर र मल खादको व्यवस्था गर जस्ता विभिन्न समस्या समाधान सहितका मागहरु राख्दै पार्टीले देशभरि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन सहित आन्दोलन जारी राखेका छन्।
जसपा नेपालद्वारा जारी शान्तिपूर्ण धर्नाको क्रममा पार्टीका केन्द्रीय सदस्य चुल्हाई राय यादव, किरण ठाकुर, विश्वनाथ प्रसाद पटेल, जिल्ला समितिका उपाध्यक्ष अमरुल हक, युवा नेता दिलीप कुमार पटेल, सहित जसपा नेपालका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेका थिए।
Sthaniya News
