Breaking News
रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

स्थानीय न्यूज,रौतहट, मंसिर २३ गते।
रौतहट जिल्लाको मौलापुर र फतुवा बिजयपुर नगरपालिकामा गरिएको शैक्षिक अनुगमनका क्रममा देखिएका गम्भीर कमीकमजोरीलाई सम्बोधन गर्न जेनजी २.० ले सम्बन्धित सबै निकायलाई तत्काल सुधारका कदम लागू गर्न निर्देशन र आग्रह गरेको छ। अनुगमन टोलीमा केन्द्रीय सचिव कुन्दन कुश्वाहा समेत सहभागी रहेका थिए।
सचिव कुश्वाहाले शिक्षाको गुणस्तर व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै भने-
“पाठ्यपुस्तकले ज्ञान दिन्छ, तर व्यवस्थापनले अवसर र भविष्य दिन्छ। शिक्षा सुधार किताबबाट मात्र होइन, व्यवस्थापन सुधारबाट सम्भव हुन्छ-त्यसैले दुवै सुधार अनिवार्य छ।”
त्यस्तै, रौतहट जिल्ला संयोजक सोनु कुश्वाहाले शिक्षा सुधारको अर्थ केवल नयाँ भवन निर्माण होइन, नयाँ सोच, पद्धति र जिम्मेवारी आवश्यक रहेको बताए।
बिभिन्न विद्यालयमा देखिएका मुख्य समस्या:
अनुगमन टोलीले आज निम्न विद्यालयहरूमा पुगेको थियोः
१. श्री जनता माध्यमिक विद्यालय, सोनरनिया
२. श्री मेथुर पनिया यादव प्रा. लि., शितलपुर–२
३. श्री दलित आधारभूत विद्यालय, शितलपुर–२
यी विद्यालयहरूमा पालिकाबाट उत्पन्न हुँदै आएका समस्या यस प्रकार छन-
• परीक्षाका लागि आउने अनुदानमा गम्भीर अनियमितता
• बालबालिका तथा परिचरकको तलबमा चलखेल
• ‘दलित’ नाम रहेको कारण पालिकाबाट निरन्तर उपेक्षा
• भवन तथा बेञ्च-टेबलको अभाव
४. श्री माध्यमिक विद्यालय, शितलपुर (फतुवा-बिजयपुर-२)
उक्त विद्यालयमा फेला परेका समस्या-
• कक्षा १-५ मा बेञ्चकाे पूर्ण अभाव
• दक्षिणतर्फ कम्पाउन्डवाल नहुँदा विद्यालयपछि स्थानीय युवाहरूको नशा सेवन जस्ता क्रियाकलाप वृद्धि
• कम्प्युटर ल्याब र साइन्स ल्याब नै नरहेको
• खाजाखर्चमा अनियमितता
• विद्यालय समिति गठनमा राजनीतिक दबाब
• सरसफाइ व्यवस्थापन अत्यन्त कमजोर
• एक दरबन्दी शिक्षक हुँदाहुँदै समिति नहुँदा नियुक्ति गर्न नसकिएको
जेनजी २.० को निर्देशन:-
अनुगमनका क्रममा देखिएका सबै बुँदाहरू तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई विशेष आग्रह गरिएको छ। शिक्षा क्षेत्रमा चलखेल, राजनीतिक दबाब, भौतिक अभाव र कमजोर व्यवस्थापनलाई अब कुनै हालतमा सहन नदिने जेनजी २.० ले स्पष्ट पारेको छ।
जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोग, अनुगमन र दबाब निरन्तर जारी रहने जनाइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*