Breaking News
जसपा नेपाल रौतहट क्षेत्र नं.-२ को क्षेत्रीय भेला सम्पन्न

जसपा नेपाल रौतहट क्षेत्र नं.-२ को क्षेत्रीय भेला सम्पन्न

आरएन पटेल, मंसिर २९ गते।
रौतहट। जनता समाजवादी पार्टी नेपाल रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.-२ समन्वय समिति (क्षेत्रीय) भेला आज बौधीमाई नगरपालिका-४ इनरवारीमा विधिवत रूपमा सम्पन्न भएको छ।

भेला जिल्ला अध्यक्ष राजीव रन्जन यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, जनआधारित आन्दोलन र क्षेत्रीय गतिविधिबारे विचार विमर्श गरेका थिए। साथै पार्टीलाई जनताको मुद्दासँग अझ नजिक लैजान कार्यकर्ताहरूलाई सक्रिय भूमिकामा जुट्न आह्वान गरिएको थियो।

उक्त भेलामा पार्टीका नेता-कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*