Breaking News
बारागढ़ीमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको छैठो बार्षिक साधारण सभा सम्पन्न

बारागढ़ीमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको छैठो बार्षिक साधारण सभा सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, पौष ०५ गते।
बारा जिल्लाको बारागढ़ी गाउँ पालिका अन्तर्गतका श्री गम्भीरा ब्रजकिशोर माध्यमिक बिधालय गड़हलको प्रागड्नमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको ६ औ बार्षिक साधारण सभा सम्पन भएको छ।


बारागढी गाउँपलिका को अध्यक्ष अशोक कुमार जयसवालको प्रमुख अतिथ्यमा र संस्थाको अध़्यक्ष प्रर्मेन्द्र कुमार फौजदारको अध्यक्षतामा सम्पन सो वार्षिक साधरण सभामा प्रमुख अतिथीको रुपमा बारागढी गाँउपालिका को अध्यक्ष अशोक कुमार जयसवालले मैनबत्ती बाली उक्त साधरण सभाको उदघाटन गर्नु भएको थियो ।


साधरण सभामा संस्थाको वार्षिक प्रतिवेदन र आगमी आर्थिक वर्ष ०८२/८३ को लागी वार्षिक कार्ययोजना प्रतिवेदन संस्थाको अध्यक्ष प्रर्मेन्द्र कुमार फौजदारले सभा समक्ष प्रस्तुत गर्नु भएको थियो। साधरण  सभामा संस्थाकी परिचालिका रोशनी कुमारी चौधरी वडा सदस्य कैलाश राउत अहिर, शर्मिला पासवान स्थानिय समाजसेवी सरोज ठाकुर, महेश पंडित बारागढी सामुदायिक सिकाई केन्द्र चरवन्त पथराका अध्यक्ष मुरारी प्रसाद चौधरी, माँ समबर्धन सामुदायिक सिकाई केन्द्र पिपरा बसतपुरको अध्यक्ष रामबिश्वास साह श्री देव नारायण गनिया आधारभुत बिधालयका औनियाका  शिक्षक बिरेन्द्र चौधरी लगायतका वक्ताहरुले संस्थाको बारेमा शुभकामना मन्तव्य राख्नु भएको थियो। उक्त वार्षिक साधरण सभा मार्फत संस्थाले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिम सम्पन गरिसकेका स्थानिय १४ जना महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा माँ सरस्वती सामुदायिक सिकाई केन्द्र बिशुनपुर्वाको अध्यक्ष दिनेश जयसवाल, जनचेतना सामुदायिक सिकाई केन्द्र खोपवाको अध्यक्ष बिगनेश्वर चौधरी, संञ्चारकर्मी दिपेन्द्र जयसवाल, राजन चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संञ्चालन सिदार्थ चौधरीले गर्नु भएको थियो I

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*