स्थानीय न्यूज
जनकपुरधाम, पौष ०६ गते।
मधेश प्रदेशको सभाभुख पदमा जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन। आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन । यादवको पक्षमा ७२ मत परेको थियो भने उनको विपक्षमा २४ मत परेको थियो ।
पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख बबिता राउत इशरले एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव सभामा प्रस्तुत गर्नु नपर्ने जानकारी गराएकी थिइन।
यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो ।

मधेश प्रदेश सभाको सभामुख जस्तो सम्मानित पदमा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश प्रमुख सचेतक समेत रहेका माननीय राम अशिष यादवलाई प्रदेश सभा सदस्यहरु लगायत पार्टीका नेता कार्यकर्ताहरुले बधाई एवंम सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै जनअपेक्षा अनुसार निर्माणमा अह्म भूमिका खेल्नुहुने अपेक्षा गरेका छन।

Sthaniya News
