आरएन पटेल,रौतहट, माघ ०८ गते।
रौतहट क्षेत्र नं.२ जनता समाजवादी पार्टी नेपालको उम्मेदवार राम अशिष राय यादवले रौतहटको शिवनगरधाममा बोलबम कावरियासँग भेटघाट गरि आशिर्वादसहित चुनावी प्रचार प्रारम्भ गरेका छन। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा बिहीबारको दिन रौतहट निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राम अशिष राय यादवले रौतहटको सुप्रसिद्ध धार्मिक स्थल शिवनगरधाममा आएका बोलबम कावरियाहरूसँग विशेष भेटघाट तथा आशिर्वाद ग्रहण गर्नुभएको छ।

शिवनगरधाममा भोलेबाबाको दर्शन गर्दै उम्मेदवार यादवले महन्त, पुजारी, खजानती तथा बोलबम कावरियाहरूसँग आत्मीय संवाद गर्दै क्षेत्रको समृद्धि, शान्ति र विकासका लागि आशीर्वाद लिनुभएको हो। धार्मिक आस्थालाई सम्मान गर्दै उहाँले शिवशंकर महादेवको पूजा-आराधना समेत गर्नुभएको छ।

उक्त कार्यक्रममा जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादव, युवा नेता दिलीप कुमार पटेल तथा पार्टीका अन्य नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सबैले संयुक्त रूपमा बोलबम कावरियाहरूसँग भेटघाट गरी जनआशीर्वाद ग्रहण गर्दै निर्वाचनका लागि सकारात्मक सन्देश प्रवाह गरेका छन।
यही माघ ९ गते आउदै गरेको श्रीपञ्चमीको अवसरमा माघ ०८ गतेकै दिन शिवनगरधाम दर्शनपछि उम्मेदवार यादव र टोलीले क्षेत्र नं. २ अन्तर्गतका विभिन्न गाउँ-बस्तीबाट शिवनागरधाम पुगेका बोलबम कावरियाहरुसँग भेटघाट गर्दै फागुन २१ गते हुने निर्वाचनका लागि प्रचार-प्रसारको औपचारिक सुरुवात गरेका छन।
स्थानीयवासीहरूले धार्मिक स्थलमा उम्मेदवारको उपस्थितिलाई सकारात्मक रूपमा लिँदै क्षेत्रको विकास र धार्मिक-सांस्कृतिक पहिचान संरक्षणप्रति प्रतिबद्धता जनाएका छन।

Sthaniya News
