आरएन पटेल, रौतहट, माघ १३ गते ।
यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएको छ। सोही क्रममा मधेश प्रदेशको पूर्व राज्यमन्त्री युवाको लोकप्रिय साथी तथा मधेश प्रदेश र मधेसी समुदायका समस्या निरन्तर उठाउँदै आएका युवा नेता योगेन्द्र राय यादवको चुनावी प्रचार कार्यक्रम बडहर्वा क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ।
चुनावी प्रचार कार्यक्रममा जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष राजिव रन्जन यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले रौतहट क्षेत्र नं. १ का सम्पूर्ण मतदाताहरूलाई जसपा नेपालको चुनाव चिह्न छाता छापमा मतदान गरी उम्मेदवार योगेन्द्र राय यादवलाई भारी मतका साथ विजयी गराउन अपिल गरेका छन।

उनले योगेन्द्र राय यादव मधेश प्रदेश र मधेसी जनताको हक, अधिकार र विकासका सवालमा सदैव अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको अनुभवी र कर्मठ नेता भएको उल्लेख गर्दै यस निर्वाचनमा जनताको विश्वास र समर्थन आवश्यक रहेको बताए।
साथै, जिल्ला अध्यक्ष यादवले क्षेत्र नं. १ अन्तर्गतका सम्पूर्ण जसपा नेपालका नेता तथा कार्यकर्ताहरूलाई अझ सक्रिय भएर घर-घरमा पुग्दै चुनावी प्रचार-प्रसारमा जुट्न आग्रह गरेका छन। उनले यसपालिको निर्वाचन मधेशको आवाजलाई राष्ट्रिय स्तरमा मजबुत बनाउने अवसर भएको भन्दै सबैलाई एकताबद्ध भएर लाग्न अनुरोध गरेका छन।
जसपा नेपालले छाता छापमा मतदानमार्फत मधेशी जनताको समस्या समाधान र समावेशी विकासको यात्रालाई अगाडि बढाउने उनले दाबी गरेका छन।


Sthaniya News
