Breaking News
रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा

रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा

स्थानीय न्यूज,रौतहट,माघ १३ गते ।
रौतहटको ईशनाथ नगरपालिकामा एक दिन शोक बिदा दिइएको छ। ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवीका श्रीमान तथा पूर्व मधेश प्रदेश सभा सदस्य नागेन्द्र सिन्हाको उपचारको क्रममा असामयिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै ईशनाथ नगरपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
ईशनाथ नगर कार्यपालिकाको मिति २०८२ साल माघ १३ गते बसेको बैठकको निर्णय अनुसार माघ १४ गते बुधबारका दिन अत्यावश्यक सेवा बाहेक ईशनाथ नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा १ दिन शोक बिदा दिइने भएको हो।


नगरपालिकाद्वारा प्रकाशित शोक बिदा सम्बन्धी सूचनामा दिवंगत नागेन्द्र सिन्हाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति ईशनाथ नगरपालिकाले हार्दिक संवेदना प्रकट गरेको उल्लेख छ। उक्त सूचना नगर उप-प्रमुख मो. परवेजद्वारा हस्ताक्षरित गरिएको छ।
पूर्व प्रदेश सभा सदस्य सिन्हाको निधनले मधेश प्रदेशको राजनीति र समाजले एक अनुभवी तथा जनमुखी नेता गुमाएको भन्दै नगरपालिकाले यस दुःखद घडीमा परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*