स्थानीय न्यूज,रौतहट, माघ १४ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार गोविन्द चौधरीले गुजरा नगरपालिकाको वडा नं. ७ अन्तर्गत पर्ने परसवा, पल्टुवा र खतबैया गाउँमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन।

उक्त भेटघाटका क्रममा उम्मेदवार चौधरीले जनताको आग्रह र विश्वासकै कारण आफू उम्मेदवार बनेको उल्लेख गर्दै निर्वाचनमा विजयी भएपछि सर्वपक्षीय सहभागिता सहितको सचिवालय गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। उक्त सचिवालयले विकास बजेटको पारदर्शी सदुपयोग, योजना तर्जुमा तथा कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने उनले बताए । उनले सबै वर्ग, समुदाय र क्षेत्रको आवाज समेट्ने गरी समावेशी र पारदर्शी ढंगले काम गर्ने प्रतिवद्धता पनि जनाए।

अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले गोविन्द चौधरी पदमा नरहेको अवस्थामा पनि निरन्तर रूपमा जनताको सुख-दुःखमा साथ दिँदै आएको स्मरण गर्दै वडा नं. ७ का अधिकांश मतदाता उनको पक्षमा रहेको विश्वास व्यक्त गरेका छन।
स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिताले वडा नं. ७ मा जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीप्रति जनसमर्थन बलियो देखिएको छ।
Sthaniya News
