Breaking News
“सबैको साथ, सबैको विकास” रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको जनसम्पर्क तीव्र

“सबैको साथ, सबैको विकास” रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको जनसम्पर्क तीव्र

आरएन पटेल, रौतहट, माघ १४ गते।
फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राम अशिष राय यादवले ईशनाथ नगरपालिका अन्तर्गतका स्थानीय जनता, अगुवा नेता तथा पार्टी कार्यकर्तासँग व्यापक भेटघाट तथा छलफल गरेका छन।

उक्त भेटघाट कार्यक्रममा उम्मेदवार यादवले स्थानीय जनताको समस्या, आवश्यकता तथा विकासका प्राथमिकताबारे प्रत्यक्ष रूपमा जानकारी लिँदै सल्लाह र सुझावहरू संकलन गरेका थिए। भेटका क्रममा प्राप्त सुझाव र समर्थनले आफूमा अझै जोस, जाँगर र जिम्मेवारीको अनुभूति भएको उनले बताए।
यादवले मधेस र मधेसी समुदाय, शोषित-पीडित वर्ग, किसान, मजदुर तथा पछाडि पारिएका समुदायको अधिकार, पहिचान र समान हक सुनिश्चित गर्न यस निर्वाचन निर्णायक हुने उल्लेख गरे। “मधेसको वास्तविक आवाज संसदसम्म पुर्‍याउन यो निर्वाचन महत्वपूर्ण छ,” उनले भने।

उनले सबै मतदातालाई यसपटकको निर्वाचनमा छाता छापमा मतदान गरी जसपा नेपाललाई विजयी गराउन हार्दिक अनुरोधसमेत गरेका छन। जनताको साथ र विश्वासकै बलमा समृद्ध मधेस र समान अधिकारको नेपाल निर्माण सम्भव हुने उनको भनाइ थियो।
स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरूले पनि उम्मेदवार यादवप्रति पूर्ण समर्थन जनाउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*