Breaking News
स्थायी जागिर त्याग्दा आँखाभरि आँसु, समाज सेवाको अठोट दोहोर्‍याए राैतहट ३ का काँग्रेस उम्मेदवार यादव

स्थायी जागिर त्याग्दा आँखाभरि आँसु, समाज सेवाको अठोट दोहोर्‍याए राैतहट ३ का काँग्रेस उम्मेदवार यादव

स्थानीय न्यूज,राैतहट, माघ १७ गते ।
रौतहट क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका उम्मेदवार रामकृपाल यादवले पत्रकारहरू सँग कुराकानी गर्नु हुँदै भावुक अभिव्यक्ति दिएका छन् । उनले शिक्षण पेशा तथा स्थायी जागिर त्यागेर राजनीतिमा आएको बताउँदै यो निर्णय व्यक्तिगतभन्दा बढी सामाजिक उत्तरदायित्वबाट प्रेरित भएको स्पष्ट पारेका छन् ।

यादवले भने, “मैले शिक्षण पेशा छोडेर आफ्ना छोरा–छोरीमाथि अन्याय गरेको जस्तो लाग्न सक्छ, तर मेरो परिवारमाथि अन्याय हुँदा पनि समाजमाथि अन्याय नहोस् भन्ने सोचले राजनीतिमा आएको हुँ ।” उनले देशमा अमेरिकाजस्तो नेतृत्व खोज्ने हो भने त्यस्तै सचेत र जिम्मेवार मतदाता तथा नागरिक पनि आवश्यक पर्ने धारणा राखे ।

आफूले ठूलो साहसका साथ राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले यो चुनाव आफू मात्र होइन, क्षेत्र नम्बर ३ का जनताका लागि पनि “अग्निपरीक्षा” भएको बताए । “मतदाताले मलाई सेवकका रूपमा काम गर्ने अवसर दिनुहुन्छ कि शासक बन्न खोज्ने व्यक्तिलाई रोज्नुहुन्छ, त्यो निर्णय अब जनताको हातमा छ,” उनले भने ।

धेरैले आफूले जागिर छोडेर राजनीतिमा आउने कल्पना नगरेको स्मरण गर्दै यादवले राजनीति पैसा र शक्तिको खेलमा सीमित भए राम्रो सोच भएका र समाज निर्माणको अभियानमा लाग्न चाहने व्यक्तिहरू अघि नबढ्ने चेतावनी दिए । उनले नयाँ र पुरानोको बहसमा केही पुरानै अनुहार नयाँको आवरणमा आउने गरेको टिप्पणी पनि गरे । “हामी युवा नेतृत्वको सोचसहित परिवर्तन र सुशासन खोज्दै आएका छौं,” यादवले भने, “यसपटक क्षेत्र नम्बर ३ का प्रत्येक नागरिकले बदलाव चाहेका छन् ।”

पहिले आरामदायी जीवन बिताइरहेको उल्लेख गर्दै उनले अहिले जनतामाझ दौडधुप गरिरहेको बताए । “मैले पेशा छोडेको छु भने अवश्य नै मेरो भित्र समाजका लागि केही गर्ने दृढ सोच छ,” उनले भावुक हुँदै थपे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*