Breaking News
पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली

काठमाडौँ, माघ १८ गते।
चलचित्र पत्रकार तथा फिल्म अनलाइन द सिनेमा टाइम्सका सञ्चालक दिनेश सिटौलाको आइतबार निधन भएपछि आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा राजनीतिक, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन), नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले पशुपति पुगेर स्वर्गीय सिटौलाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन।

चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका सिटौलाको ४५ वर्षको उमेरमा निधन भएको हो। ग्रान्डी अस्पतालका अनुसार आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। चिकित्सकका अनुसार उनको निधनको कारण ब्रेन ह्यामरेज रहेको छ।
सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको चुनावी रिपोर्टिङका क्रममा अछाम पुगेका थिए। त्यही क्रममा उनी अचानक बेहोस भई ढलेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। उपचारका लागि ग्रान्डी अस्पताल भर्ना गरिए पनि उनको ज्यान जोगाउन सकिएन।
अन्तिम श्रद्धाञ्जलीका लागि सिटौलाको पार्थिव शरीर आइतबार दिउँसो २ः३० देखि ३ः०० बजेसम्म चलचित्र विकास बोर्डमा राखिएको थियो, जहाँ पत्रकार, कलाकार, राजनीतिकर्मी तथा शुभेच्छुकहरूको ठूलो भीड लागेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको पत्रकारिताप्रतिको समर्पण र योगदानको स्मरण गरेका छन।
स्वर्गीय सिटौलाको निधनले नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न सञ्चारकर्मी तथा संस्थाहरूले शोक व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*