Breaking News
समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट

समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट

स्थानीय न्यूज,राैतहट,माघ १९ गते । 
रौतहट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद प्रकट गरिएको छ।
नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको सामाजिक सञ्जाल मार्फत जनाएका छन ।
डा. आलमले सामाजिक सञ्जाल फेसबुक तथा टिकटकजस्ता प्लेटफर्म प्रयोग गरी समाजमा द्वेष फैलाउने, जनतालाई उत्तेजित बनाउने, अश्लील तथा उच्छृंखल सामग्री पोस्ट गर्ने कार्यप्रति खेद प्रकट गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन ।
उनले दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुनुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव, शान्ति र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न राज्य संयन्त्र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताएका छन ।
डा. आलमले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा गलत सन्देश जाने भन्दै सबै नागरिकलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति प्रयोग गर्न आग्रह गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*