Breaking News
रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको घरदैलो तीव्र, बंजरहामा व्यापक जनसमर्थन

रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको घरदैलो तीव्र, बंजरहामा व्यापक जनसमर्थन

आरएन पटेल,रौतहट,माघ २२ गते ।
जनता समाजवादी पार्टी नेपाल रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राम अशिष राय यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन।
घरदैलोको क्रममा बिहीबार ईशनाथ नगरपालिका वडा नं. १ बंजरहामा आयोजित घरदैलो कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा पूर्व विधायक रामकिशोर प्रसाद यादव, प्रदेश सभा सदस्य माननीय शोभा देवी साह सहित जसपा नेपालको केन्द्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार यादवले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा समग्र विकासका विषयमा छलफल गर्नुभएको थियो। उहाँले मधेशको पहिचान, अधिकार र समान विकासका लागि जसपा नेपाल नै भरोसायोग्य विकल्प भएको दाबी गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विगतदेखि मधेशका मुद्दा उठाउँदै आएको जसपा नेपालप्रति भरोसा व्यक्त गर्दै आगामी निर्वाचनमा साथ र समर्थन जनाउने प्रतिबद्धता जनाएका थिए। जनताको सकारात्मक प्रतिक्रिया र उत्साहले घरदैलो कार्यक्रम थप ऊर्जावान बनेको आयोजकको भनाइ छ।
जसपा नेपालले रौतहट क्षेत्र नं. २ मा जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउँदै विकास, समावेशिता र सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने पार्टीका नेताहरुले बताएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*