आरएन पटेल रौतहट, मंसिर ०४ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रौतहटका प्रमुख नेता अशोक जयसवालले आज एक पत्रकार सम्मेलनको माध्यमबाट आधिकारिक रूपमा पार्टी विभाजनको घोषणा गरेका छन्। जयसवालले रौतहटमा माओवादी केन्द्रलाई २०८२ मंसिर ४ गतेदेखि समाप्त भएको र यसका ...
Read More »Category Archives: ताजा समाचार
रामचन्द्र मण्डल पदअनुकूल आचरण नदेखाएको आरोपमा पदच्युत
स्थानीय न्यूज जनकपुरधाम, मंसिर ०३ गते मधेश प्रदेशमा जारी राजनीतिक विवादले प्रदेश सभाको शक्ति-सन्तुलन फेरिदैँ जाँदा सभामुख पदमा ऐतिहासिक निर्णय भएको छ। नेकपा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई प्रदेश सभाले दुई–तिहाइ बहुमतले पदमुक्त गरेको छ। प्रदेश स्थापना पछि सभामुख पदबाट ...
Read More »रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन
रौतहट, मंसिर ०३ गते। रौतहटको मौलापुर नगरपालिका-५ स्थित आईटी चौकमा आज जेनेरेशन- जेड (Gen-Z) युवाहरूले वृहत् पैदलयात्रा सहित प्रदर्शन गरेका छन्। प्रदर्शन सँगै युवाहरुले मौलापुर नगरपालिकाको कार्यालय पुगेर कार्यालय प्रमुख रामबाबू साहलाई ज्ञापनपत्र बुझाएका छन। परिवर्तनको मागसहित शान्तिपूर्ण रूपमा निकालिएको ...
Read More »बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत
स्थानीय न्यूज रौतहट, कार्तिक ३० गते। बौधिमाई नगरपालिकाको भोवाली चौकदेखि मटिअर्वातर्फ जाने कालोपत्रे सडकखण्डमा सडकको दुई किनारमा मनोज्ञानपूर्वक लगाइएका ‘रहर बाली’का कारण दुर्घटना जोखिम अत्यधिक बढेको स्थानीयले बताएका छन्। सडकको भौतिक संरचना ढाकिनेगरी फैलिएको रहर बालीले यात्री तथा सवारी चालकलाई ...
Read More »रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल, सीडीओलाई ज्ञापनपत्र
स्थानीय न्यूज, राैतहट, कार्तिक ३० गते। रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहलमा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाईएको छ। जिल्लामा बढ्दो लागू औषध दुर्व्यसनको जोखिमप्रति चिन्तित युवाहरूले सोमबार गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाललाई औपचारिक ...
Read More »आजके दानवीर साहनीप्रतिके भाव
बज्जिका भाषाके सेवाप्रति समर्पित आदरणीय साहित्यकार बिन्दा साहनी ‘विश्व–सञ्जय बज्जिका साहित्य कोष’के अक्षय कोष घोषणा समारोहमे २५ हजार रुपैया नगद योगदान देबेके घोषणा कएलथिन । साथमे, ई कहलथिन – हम अपन नएका घर अपना शेषके बाद बज्जिकाके दानमे देबेके घोषणा ...
Read More »देवाही गोनाही नपाको ११औँ नगरसभा एवं १०औँ बजेट अधिवेशन सम्पन्न, ५३ करोडभन्दा बढीको बजेट प्रस्ताव
आरएन पटेल, रौतहट, कार्तिक ३० गते। रौतहटको देवाही गोनाही नगरपालिकाको ११औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित अधिवेशन नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सांसद जयचन्द्र पटेल प्रमुख अतिथि ...
Read More »गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष स्थापनाको घोषणा, अक्षय कोषमा २.५ लाख संकलन
आरएन पटेल गरुडा, कार्तिक २९ गते। रौतहटको गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष अन्तर्गत अक्षय कोष स्थापनाको घोषणा समारोह सम्पन्न भएको छ। महम्मदपुर बैरेजस्थित गोपाल सेवा सदनको सभाहलमा आयोजित समारोहमा विधिवत रूपमा अक्षय कोषको स्थापना गरिएको हो। कार्यक्रमका प्रमुख उद्घोषक सर्लाही ...
Read More »संघीयता र प्रदेशसभा सम्बन्धी विवादमा राजनीतिक दलहरू सक्रिय हुन अपरिहार्य- जसपा रौतहट अध्यक्ष यादव
स्थानीय न्यूज रौतहट, कार्तिक २९ गते। हाल देशभर संघीय संरचना र प्रदेशसभाको भविष्यबारे चलेको राजनीतिक बहस तीव्र बन्दै गएको छ। प्रतिनिधिसभा पुनःस्थापना गराउने तथा प्रदेशसभा विघटन गराउने प्रयास भइरहेको भन्दै मधेश केन्द्रित दलहरूले यसलाई संघीयता प्राप्त उपलब्धिमाथिको चुनौतीका रूपमा व्याख्या ...
Read More »रौतहट प्रहरीद्वारा फरार दुई प्रतिवादी पक्राउ: लिखत कर्तुत र अंगभंग सम्बन्धी मुद्दामा कारबाही
रौतहट, कार्तिक २८ गते। जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले जारी गरेको प्रेस नोटअनुसार लिखत सम्बन्धी कर्तुत र अंगभंग मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लिखत सम्बन्धी कसुरमा एक जना पक्राउ केशब प्रसाद पौडेलको जाहेरीका ...
Read More »
Sthaniya News
